२०८१ मंसिर ७
                           

चेलीबेटीद्वारा कृष्ण मन्दिर संरक्षणका लागि आर्थिक सहयोग

सिन्धुपाल्चोक , १९ फागुन
२०७२ सालको भूकम्पले ध्वस्त भएको ऐतिहासिक कृष्ण मन्दिर पुनर्निर्माण भएपछि मन्दिर संरक्षणका लागि सहयोग जुट्न थालेको छ ।सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका वडा ५ पुरानो बजारस्थित ११५ वर्ष पुरानो कृष्णमन्दिर पुनर्निर्माणभएपछि मन्दिर संरक्षणका लागि शनिबार चौताराका चेलिबेटीहरुले रु ३२ हजार नगद सहयोग उपलव्ध गराइएका हुन् ।

चौतारा पुरानो बजार चेलीबेटी समूह काठमाण्डौंका अध्यक्ष रजियादेवी श्रेष्ठले श्री कृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष सुरेश कसजूलाई आज नगद रकम हस्तान्तरण गर्नु भएको हो । सो अवसरमा अध्यक्ष श्रेष्ठले माइतीको माटोलाई सम्झँदै सहयोग उपलव्ध गराउन पाउँदा आफूहरुलाई खुशी लागेको बताउनुभयो ।

श्रेष्ठका साथ सदस्यहरु सारदा श्रेष्ठ , रुकुमणी श्रेष्ठ र शान्ता श्रेष्ठ लगायतका चेलिबेटीहरुको हस्तान्तरण कार्यक्रममा सहभागिता रहेका थिए ।मन्दिर संरक्षण र सम्वद्र्धनका लागि सरकारी मुख ताक्नुभन्दा पनि गच्छे अनुसारको सहयोग संकलन गरेर अक्षयकोष स्थापना गरेको र सो अक्षयकोषमा सहयोग आउने क्रम जारी रहेको अध्यक्ष कसजूले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्