२०८१ भाद्र २३
                           

स्वास्थ्य कार्यालयले ट्राफिक संचेताना कार्यक्रम गर्ने

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको समन्वयमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले ट्राफिक संचेताना कार्यक्रम गर्ने भएको छ ।
सडक दुर्घटना रोकथाम तथा जोखिम न्यूनीकरण समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यको अध्यक्षतामा आईतबार बसेको बैठकले चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ स्थित श्री कृष्ण रत्नगंगा माविका विद्यार्थीहरुलाई लक्षित गरि ट्राफिक संचेताना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य कार्यालयको अगुवाइमा भएको बैठकले सडक दुर्घटना रोकथाम र जोखिम न्यूनिकरणका लागि चालकसँग ५ मिनेट कार्यक्रम पनि तय भएको स्वास्थ्य प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्