२०८१ भाद्र २३
                           

फार्ममा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

फागुन २०— चौतारा साँगाचोकगढी नगरपालिका—१०, लप्सेमा रहेको  विष्णु कृषी एग्रो फार्ममा आगलागी हुँदा करिब २०० बाख्रा जलेर मरेका छन् । आगलागीबाट फार्ममा रहेका बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट भएका छन् । सञ्चालक विनोद खड्काका अनुसार आगलागीबाट रु १ करोड ५० लाख बराबरको क्षति भएको छ । गएराति करिब १ बजे हाई भोल्टेजका कारण विद्युत् लाइन सट भई आगलागी हुँदा फार्म पूर्ण रूपमा जलेर नष्ट भएको हो । प्रहरी र स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएका थिए ।

स्थानीय मीनराज गिरिका अनुसार वैदेशिक रोजगारबाट फर्किएका विनोद खड्काले विष्णु कृषी एग्रो फाम सञ्चालन गरेका थिए । लामो समय वैदेशिक रोजगारीमा गएर फर्किएका विनोद खड्काले करिब एक करोड लगानी गरेर बयर जातका बाख्रा फाम सञ्चालन गर्दै आउनुभएको थियो । आधुनिक तरिकाले खोर बनाएर दुई तलामै खड्काले बाख्रा पालन गर्दै आउनुभएको थियो । खोरमा रहेका एउटै बयर जातका बोका तथा बाख्राको डेढलाख देखि दुईलाख सम्म मूल्य पर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्