२०८१ भाद्र २३
                           

आधारभूत पत्रकारिता तालिम सम्पन्न

फागुन २३—  प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा संचालित ३ दिने आधारभुत पत्रकारिता तालिम बुधबार सम्पन्न भएको छ । फागुन २१ बाट सुरु भएको  तालिममा  समाचार, समाचार संकलन, समाचारका स्रोतहरु, समाचारका तत्वहरु, पत्रकार आचारसंहिता लगाएतका विषयमा जानकारी गराईको  प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका सचिव अर्जुन शर्माले जानकारी दिनुभयो । तालिममा सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानिय तहबाट प्रतिनिधित्व रहनेगरी २५ जना प्रशिक्षार्थीहरूको सहभागीता थियो ।

तालिम समापन कार्यक्रमलाई संबोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले पत्रकारिता तथा सञ्चार क्षेत्र समाज परिवर्तनको महत्वपूर्ण अंग भएकाले सरकारलाई प्रतिपक्षको भुमिका जस्तै ऐना देखाउने काम गर्नुपर्ने बताउनुभयो ।यस्तै नगरपालिका उपप्रमुख सिता थापाले व्यक्तिको लेखनसिपको विकास र क्षमता अभिवृद्धिमा यस्ता तालिमले सहयोग पुग्ने बताउनुभयो । साथै तालिममा सिकेका कुरालाई व्यवहारमा  लागु गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

विभिन्न सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार बबिन शर्मा,  विक्रम श्रेष्ठ, टीका दाहाल, दिपक खत्री, सुन्दर शिरीषले तालिममा प्रशिक्षकको रुपमा सहजिकरण गर्नुभएको थियो ।  यस्तै, प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले १२ वटै स्थानिय तहमा प्रेस सेन्टर नेपाल,सिन्धुपाल्चोक पालिका संयोजक समेत छनौट गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्