चैत्र २३, सिन्धुपाल्चोक । जुगलमा रहेको हिमाल दुइ चुचुरोमा आरोहण गर्ने तयारी पुरा भएको छ । नेपाल र दक्षिण कोरियाका १० पर्वतारोहीले जुगल हिमाल आरोहण गर्ने भएका छन् । आरोहणमा नेपालका ३ र दक्षिण कोरियाका ७ जना गरि १० जनाले आरोहण गर्न लागेका हुन ।
जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष समेत रहेका पर्यटन अभियान्ता मिलन तामाङका अनुसार यही चैत्र २४ देखि बैशाख १५ गतेसम्म ६ हजार ५ सय ९१ मिटरमा रहेको जुगल १ र ६ हजार ५ सय १८ मिटर उचाईमा रहेको गुगल २ को आरोहण गर्ने तय भएको छ ।
पर्वतारोही टोलीलाई बलेफी गाउँपालिकाको जलबिरेमा नेवारी, गुम्बामा गाउँमा तामाङ र तेम्वाथाङमा शेर्पा सँस्कृती,कला र झाँकीले स्वागत गर्ने भएको छ । पैदल मार्गमा पर्ने जुगलको ढाँडे, कात्तिके, मान्जे, गोन्डेगाउँका स्थानीयहरुले ठाउँठाउँमा स्वागत गर्ने भएका छ्न ।
जुगल हिमाल आरोहणमा नेपाली टोलीमा बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल, नेपालको पहिलो अन्तराष्ट्रिय माउन्टेन महिला गाईड दावा याङजुङ शेर्पा र मिलन तामाङ रहेका छन् । आवश्यक अन्य व्यवस्थापकीय प्रवन्धको लागि जुगल गाउँपालिकाले सहयोग पुर्याउने गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले बताए ।
सनिश्चवार आरोहण टोलीलाई प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बिदाइ गर्ने कार्यक्रम समेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्