चैत्र २३,सिन्धुपाल्चोक । जुगल गाउँपालिकाले आर्थिक कम्जोर तथा विपन्न विद्यार्थीहरुको आवेदन माग गरेको छ ।
पालिकाको “अध्यक्ष शैक्षिक सुधार छात्रबृत्ति” कार्यक्रम अन्तर्गत आवेदन माग गरेको हो ।
आर्थीक रुपमा विपन्न, अविभावक बिहिन, शारिरिक रुपमा अपाङ्गता भएका विद्यार्थीहरुले आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
शुक्रबार चैत २३ गते जारी भएको सूचनाको मितिले ३० दिनभित्रमा निवेदन दिन समय तोकिएको छ।
गाउँपालिका अधयक्ष रेशम स्याङबोले सूचनामा उल्लेख गरे बमोजिमका विद्यार्थीहरुले आवेदन दिन आग्रह गरेका छ्न।
आबेदन दिनका लागी निवेदन, परिचय खुल्ने नागरिकता तथा जन्मदर्ताको प्रतिलिपी, वडाको सिफारिस, शैक्षिक प्रमाणपत्रको प्रतिलिपी र शैक्षिक संस्थाको रसिद आवश्यक पर्नेछ ।
गत चैत १३ गते बसेको गाउँपालिका अध्यक्ष शैक्षिक कोष सञ्चालन तथा ब्यवस्थापन समितिको वैठकले लक्षित विद्यार्थीलाई छात्रबृत्ति दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्