चैत्र २५ । एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेटको उपाधि नेपालले जितेको छ । आइताबार भएको फाइनलमा गुजरातलाई १८ रनले हराउँदै नेपालले जित हाशिल गरेको हो । ।
नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमात्र बनाउन सक्यो । गुजरातका उमाङ्ग रोहितकुमारले ४० रन बनाए । बलिङतर्फ नेपालका अबिनाश बोहराले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र कुशल मल्लले समान १ विकेट लिए ।
यसअघि गुजरातको वापीमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाए ।
यस्तै आसिफ शेखले ३४ र कुशल मल्लले १३ बलमा नटआउट ३१ रन बनाए । कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले ७ रन बनाए । बलिङतर्फ गुजरातका जयमीत पटेल, शेम पटेल, तेजस पटेल र जाला युवराजसिन्हले समान १ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्