२०८१ भाद्र २३
                           

देशका ३ सय ४१ स्थानमा डढेलो, काठमाडौँ विश्वको तेस्रोे वायु प्रदुषण भएको सहर  

चैत्र २६ । वनमा लागेको डढेलोका कारण नेपालका वायु प्रदूष्ण बढेको छ । काठमाडौंको वायु प्रदूषण विश्वकै सबैभन्दा जोखिमपूर्ण अवस्थाको सुचीको तेस्रो नम्बरमा पुगेको छ ।

अहिले काठमाडौंको वायु गुणस्तर सुचांक १ सय ५५ एक्यूआई रहेको र यो जोखिमयुक्त अवस्था रहेको वातावरणविदले बताएका छन् । यसरी वायु प्रदूषण हुनुको मुख्यकारण डढेलो हो ।

विपद् व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म देशका ३४१ स्थानमा डढेलो लागेको छ । वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) शून्यदेखि ५० सम्म स्वस्थ्यकर, ५१ देखि एक सयसम्म मध्यम, एक सयदेखि एक सय ५० सम्म अस्वस्थ्यकर र एक सय ५० देखि दुई सयसम्मलाई अति अस्वस्थ्यकर मानिन्छ ।

मौसमविद् वरुण पौडेलले अझै एक सातासम्म पानी पर्ने सम्भावना नभएकाले डढेलो नियन्त्रणमा कठिनाइ हुनसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्