२०८१ भाद्र २३
                           

सेलताप सामुदायिक वनमा आगो लगाउदै गरेको अवस्थामा एक पुरुष पक्राउ

चैत्र २६, सिन्धुपाल्चोक । वनमा डडेलो लगाउने एक पुरुषलाई आइताबार प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सेलताप सामुदायिक वनमा आगो लगाउदै गरेको अवस्थामा २६ वर्षिय मिलन लामालाई पक्राउ गरेको हो ।

बलेफी गाउँपालिका वडा नं ७ का लामालाई पक्राउ गरी जलबीरे प्रहरीले सो सामुदायिक वन समितिलाई बुझाएको थियो ।
उक्त वन समितिले सव डिभिजन वन कार्यलय जलबीरेमा जाहेरी सहित लामालाई बुझाएका थिए ।

सोमबार सव डिभिजन वन कार्यलय जलबीरेले लामालाई जिल्ला वन डिभिजन कार्यलय चौतारामा बुझाइएको हो । वन कार्यलयले वन ऐन अनुसार मुद्धा दर्ता गरी लामालाई जिल्ला प्रहरी कार्यलयमा बुझाएको छ ।

वनमा आगो सल्काउदै गरेको अवस्थामा पक्राउ परेका उनलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक डिएपी निरन्जन भट्टाराईले जानकारी दिए ।

कसुर भएमा वन ऐन २०७६ को दफा ४९ खण्ड घ अन्तर्गत क्षति विगो असुल गरी तीन वर्ष कैद वा ६० हजार रुपैया जरिबाना वा दुवै सजाय हुनसक्छ

विभिन्नमा वनहरुमा आगो लगाई गुपचुप बसेकाहरुलाई खोजी कार्य गरी वनले मुद्धा चलाउने काम भइरहेको जिल्ला वन कार्यलयका छैठौ अधिकृत रमेश दुलालले बताए । साथै वनमा डडेलो लगाउने ब्यक्ति थाहा पाएमा तुरुन्त वन कार्यलय वा प्रहरीमा खबर गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्