२०८१ मंसिर ७
                           

जुगल हिमाल आरोहण टोलीलाई सिन्धुपाल्चोकमा स्वागत

चैत्र २६, सिन्धुपाल्चोक । नेपाल र दक्षिण कोरियाबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसर पारेर गर्न लागिएको जुगल हिमाल आरोहण टोलीलाई सिन्धुपाल्चोकमा स्वागत गरिएको छ ।

सुरक्षा निकायको तर्फबाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्का, सशस्त्र प्रहरीका जिल्ला प्रमुख राजेश्वर पोखरेल, अनुसन्धान प्रमुख राजन प्रजापतीले बन्देउमा आरोहण टोलिलाई भब्य स्वागत गरेका हुन् ।

सुरक्षा निकायको तर्फबाट जिल्लाको प्रवेशद्रार वन्देउमा स्वागत गर्दै प्रमुख जिल्ला अधिकारी आचार्यले सफल यात्राको कामना गर्दै सिन्धुपाल्चोकमा स्वागत गर्नुभयो । जुगल हिमालमा विदेशी पर्वतारोहिले औपचारिक आरोहण गर्न लागेको यो पहिलोपटक भएकोले जिल्लाबासिका लागी यो गौरवको विषय रहेको प्रमुख जिल्ला अधिकारीको भनाई थियो ।

टोलिलाई स्वागत गर्दै प्रहरी उपरीक्षक सन्तोष खड्काले समय समयमा विवरण टिपाउन निर्देशन दिदै आवस्यक परेको अवस्थामा सहयोग गर्न प्रहरी तयार रहेको बताउनुभयो । आरोहण दलका सदस्यहरु आज काठमाडौंबाट अरनिको हाइवे हुदै बलेफी, नौविसे, जलविरे सडकबाट जुगलको ढाँडे पुगेका छन् ।

आरोही टोलिलाई सिन्धुपाल्चोकको विभिन्न स्थानमा स्वागत गरीएको छ । बलेफी गाउँपालिकाले बलेफी बजारमा स्वागत गरियो भने जुगल हिमशृङखला रहेको जुगल गाउँपालिकाले पनि स्वागत गरियो ।

आजै विहान काठमाडौबाट प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोध, बागमती प्रदेस सभा सदस्यद्वय सरल सहयात्री र अमृता नेपालले आरोहणदललाई काठमाडौंमा आयोजित एक कार्यक्रममा आरोहण दललाई शुभकामना दिएर बिदाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्