२०८१ मंसिर ७
                           

चौतारा ५० जना विद्यार्थीले लिए पेट्रोल लिडर स्काउट तालिम

चैत्र २६, सिन्धुपाल्चोक । यहि २६ गतेबाट चौतारामा भएको पेट्रोल लिडर स्काउट तालिम सोमबार चौसाँगढी नगरपालिका वडा ५ का वडाध्यक्ष शिव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन भएको छ ।

सो आवसिय तालिममा श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालय र जुगल बोर्डिङ हाइ स्कुलका गरी जम्मा  ५० जना विद्यार्थीहरु सहभागी भएका थिए ।

स्काउट विद्यार्थीहरुलाई ४ जना राष्टिय प्रशिक्षकहरुद्धारा तालिम दिइएको नेपाल  स्काउट बागमती प्रदेश सह प्रमुख आयुक्त मिना देबी श्रेष्ठले जानकारी दिइन् ।

तालिममा विद्यार्थीहरुले मंकी ब्रीज, रुल क्लाइम्बिङ, सन ल्यान्ड गेम र जिप लाइन लगायतका सिप सिकेका छ्न । उनिहरुलाइ प्रमाणपत्र प्रदान गरीएको छ ।

कार्यक्रममा वडाध्यक्ष शिव श्रेष्ठले विद्यार्थीहरुको सार्वङ्गीण विकासमा सकारात्मक ब्यवहार परिवर्तन गराउने शिक्षा स्काउटबाट हुने बताए ।

उनले विद्यालयमा रहेका स्काउटहरुले ट्राफिकिङ गर्ने, महिला तथा बालबालिका हिंसा मुक्त जनचेतना कार्यक्रम गर्ने र विपदमा मानवीय साहयता लगायतका काम गर्ने भएकाले प्रत्येक विद्यालयमा अनिवार्य स्काउट तालिम हुनुपर्नेमा जोड दिए ।

तालिमको समापन विद्यालय इन्चार्ज राजेन्द्र श्रेष्ठले गरेका थिए । चौतारा साँगाचोक गढी नगरपालिका वडा ५ को आर्थिक सहयोग तथा कृष्ण रत्न गंगा माबिको आयोजनामा सञ्चालन भएको हो ।

प्रतिक्रिया दिनुहोस्