२०८१ मंसिर ७
                           

इन्द्रावतीको १० विद्यालयमा प्रधानाध्यापकका लागि दरखास्त आह्वान

चैत्र २८, सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाले खुला प्रतिस्पर्धाबाट विभिन्न १० वटा विद्यालयमा प्रधानाध्यापक छनौट गर्ने भएको छ । शैक्षिक बर्ष २०८० को कक्षा ८ को पालिकास्तरीय परिक्षामा सन्तोषजनक नतिजा नआएका विद्यालयहरुमा प्रधानाध्यापक परिवर्तन गर्नका लागि गाउँपालिकाले निवेदन आह्वान गरेको हो ।

इन्द्रावती गाउँपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक छनौट तथा नियुक्ती सम्बन्धी कार्यविधि, २०८० बमोजिम सामुदायिक माध्यमिक विद्यालयमा सम्बन्धित विद्यालय भित्रका शिक्षकहरुबाट प्रधानाध्यापक पदमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तीको तयारी गरीएको हो ।

प्रधानाध्यापक नियुक्तीका लागि सोहि कार्यविधिको परिच्छेद २ दफा ४ र ६ बमोजिम आवश्यक योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्ने बताईएको छ । सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र आवश्यक कागजात सहित ईन्द्रावती गाउँपालिकाको कार्यालयमा दरखास्त दिन गाउँपालिकाले अनुरोध गरेको छ ।

पालिकामा १२ वटा माध्यमिक विद्यालय रहेकोमा श्री ऐसेलुखर्क माध्यमिक विद्यालय र श्री चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापकको पदावधी बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्