२०८१ मंसिर ७
                           

अब्वल जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको मन्त्री दुलालको भनाई

चैत्र २८, सिन्धुपाल्चोक । नवलपुर भ्याली स्कुलको वार्षिकोत्सब, सम्मान, पुर्व प्राथमिक तहका विद्यार्थी दिक्षान्त एवं अभिभावक भेला सप्पन्न भएको छ ।
उक्त कार्यक्रममा बागमती प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री युवराज दुलाल (शरद) ले स्थापनाको १ वर्षमा इन्द्रावतीको शैक्षिक उन्नयनको लागी विद्यालयले महत्वपूर्ण योगदान पुर्याएकाले विद्यालय प्रति आभार प्रकट गरे ।

मन्त्री दुलालले सम्मानित भएका ब्यक्तिहरुले जिल्लामा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सफलताको लागि सुभकामना व्यक्त गरे ।

कार्यक्रमको अवरसमा बोल्दै मन्त्री युवराजले यातायात, संचार र प्रविधिको विकासले जहाँ पुगेपनि सहज भएकाले देश बनाउनका लागी सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले भने यो देश हामि आफैले बनाउने भएकाले अब्बल जनशक्ति उत्पादन गर्न सक्नुनै गुणस्तरीय शिक्षा भएकाले अहिले देखिनै यसको तयारी गर्नुपर्छ ।

मन्त्री दुलालले दृष्टिकोण, भावाना, दक्षता लगायत हरेक क्षेत्रबाट ब्यक्तिलाई अब्वल बनाउदै आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने भावको विकास हुनु जरुरी रहेको भनाइ राखे । शैक्षिक पुर्वाधार र स्वास्थ्य क्षेत्रको विकासका लागी निरन्तर लागि रहने मन्त्री दुलालले प्रतिबद्धता गरे ।

कार्यक्रममा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले पालिका भित्रका अन्य निजि विद्यालयको तुलनामा स्थापना भएको एक वर्षमै निकै ठुलो उपलब्धि हाशिल गरेको बताए ।

अहिले इन्द्रावतीमा बसाइँसराइ निकै ठुलो चुनौतीको रुपमा देखा परेको समेत जानकारी दिए । यसै सन्दर्भमा अब गाउमा उद्यम खोलेर नागरिकलाई उद्यमी बनाउने योजनाका साथ पालिका अगाडी बढिरहेको उनले बताए ।

अध्यक्ष नेपालले आफ्ना नानिबाबु लाई गुणस्तरीय शिक्षाको लागि शहर केन्द्रित भएका अभिभावक तथा विद्यार्थीहरु अहिले गाउँ फर्किएको भन्दै खुशी व्यक्त गरेका छन् । यस विद्यालयले पुर्याएको योगदानले इन्द्रावतीको शिक्षा विकासमा महत्त्वपूर्ण भूमिका खेलेको अध्यक्ष नेपालको भनाइ थियो ।

कार्यक्रमको अवसरमा पुर्व प्राथमिक तहका २० जना विद्यार्थीलाई दिक्षित गरिएको विद्यालयका प्रीन्सिपल बुद्धि प्रसाद आचार्यले बताए ।

कार्यक्रमको अवसरमा नवलपुर भ्याली पत्रकारिता सम्मान  पत्रकार देवराज सुवेदी,  साहित्य  पत्रकार तथा साहित्यकार सुन्दर शिरिष, कला सम्मान लोकगायक नवराज घोरासैनी र शिक्षा सम्मान केतु बोर्डिङ स्कुलका प्रीन्सिपल एरोन लेप्चा सम्मानित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्