बैशाख ९, सिन्धुपाल्चोक । जुगल गाउँपालिका–१ मानेडाँडामा मिनि रङ्गशाला निर्माण हुने भएको छ । गाउपालिकाको गौरवको आयोजना जुगल मिनी रङ्गशाला शनिबार बागमति प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले शिल्यान्यास गरेका छन् ।
बागमती प्रदेश सरकारबाट यस आयोजनाको लागि पहिलो वर्ष ७५ लाखको टेन्डर आह्वान गरिएको थियो । भने यो मिनिरङ्गशाला निमार्ण सिदार्थ निर्माण सेवाले गर्ने भएको छ । रङ्शाला दुईवर्ष भित्र निर्माण सम्पन्न हुनेछ ।
यो रङ्गशालाले जुगल गाउँपालिकाको खेल क्षेत्रलाई विकास गराउन थप सहयोग हुने गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले अपेक्षा गरेका छन् । यसका साथै हाल जुगल हिमाल आरोहणले पर्यटन क्षेत्रमा फड्को मार्दै गर्दा संगै खेल क्षेत्रको विकासले पनि गति लिने भएको हो ।
प्रतिक्रिया दिनुहोस्