२०८१ भाद्र २३
                           

न्यारोबडी जहाज मर्मत गरेर भोलि काठमाडौँ आउँछः पर्यटन मन्त्री तामाङ

बैशाख ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज मर्मत गरेर भोलि काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आउने जानकारी दिए।

आइतबार  मन्त्री तामाङले पर्यटन विषयमा लेख्ने पत्रकारहरूसँगको छलफल कार्यक्रममा बोल्दै यस्तो बताएका हुन । उनले लामो समयदेखि इन्जिन मर्मतको लागि इजरायलमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज भोलि काठमाडौैं विमानस्थल आउने बताए ।

उनले जहाजको इन्जिनमा समस्या आएर लामो समय ग्राउण्डेट हुँदा निगमलाई धेरै घाटा भएको स्वीकार पनि गरे । मन्त्री तामाङले जहाज नुहुँदा भएका समस्या जहाज मर्मत भएर आएसँगै समाधान हुने विश्वास लिएको बताए।

आफू मन्त्री भएर आएदेखि जहाज तत्काल बनाएर ल्याउन ताकेता गरे पनि विभिन्न प्राविधिक समस्याका कारण चाँडै आउन नसकेको बताए ।

मन्त्री तामाङले सरकारले मे २९ तारिकाको दिन १७ औँ अन्तराष्ट्रिय सगरमाथा दिवस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सगरमाथाको फेदमा मनाउने योजना बनाएको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्