२०८१ पुष १२
                           

चौसाँगढी नगरपालिकाले एक शिक्षक एक ल्यापटप कार्यक्रम कार्यन्वयन गर्ने

बैशाख १०, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले एक शिक्षक एक ल्यापटप कार्यक्रम कार्यन्वयन गर्ने भएको छ । आइतारबार एक सुचना जारी गर्दै नगरपालिकाले एक शिक्षक एक ल्यापटप कार्यक्रममा सहभागी हुन शिक्षकहरुको आवेदन माग गरेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नगर विकास योजनाको शिक्षा, युवा तथा खेलकुद शाखा अन्तर्गत शिक्षकसंगको साझेदारीमा एक शिक्षक एक ल्यापटप कार्यक्रम कार्यन्वयन गर्ने भएको हो ।

सो को कार्यविधि २०८० अनुसार कार्यन्वयन हुने कार्यक्रममा सहभागी हुन नगरपालिका भित्रका इच्छुक शिक्षकहरुले आवेदन पेश गर्न सकिने प्रकाशित सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्