२०८१ मंसिर ६
                           

पत्रकारितामा स्नातकोत्तर गर्ने १० जनालाई नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले सम्मान गर्ने

बैशाख १३, सिन्धुपाल्चोक ।   सञ्चारकर्मीहरुको लागि क्षमता अभिवृद्धि, वृत्ति विकास, लेखनवृत्ति लगायतका काम गर्दै आएको नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकले पत्रकारितामा स्नातकोत्तर गर्ने आफ्ना शाखा सदस्यहरुलाई सम्मान गर्ने भएको छ ।

शाखाको २९ औं साधारणसभा एवम् १२ अधिवेशनको अवसरमा महासंघले पत्रकारितामा स्नातकोत्तर गरेका १० जना सञ्चारकर्मीलाई सम्मान गर्न लागेको हो ।

पत्रकारितामा नै स्नातकोत्तर अध्ययन गर्दै गरेका सञ्चारकर्मीहरुका लागि छात्रवृत्ति उपलव्ध गराउँदै आएको महासंघले पत्रकारितामा स्नातकोत्तर गरिसकेकाहरुलाई भने गर्व स्वरुप सम्मान गर्न लागेको महासंघका अध्यक्ष जीवन श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार सम्मानित हुनेमा पूर्व अध्यक्ष ऋषिराम पौडेल, डम्बर रसिक भारती, ध्रुव दंगाल, दिनेश थापा, शर्मिला ठकुरी, कला अनुरागी, दुर्गा आचार्य, सिताराम कोइराला, उद्धव थापा, नेत्र तामाङ, रहेका छन् ।

नियमित पुरस्कार र सम्मान यसअघि सुकुटेमा सम्पन्न साधारणसभामा प्रदान गरिसकेको र यो थप एवम् नयाँ सम्मान भएको पत्रकार महासंघ सिन्धुपाल्चोले जनाएको छ ।

यो संगै महासंघको संस्थागत विकासका लागि टेवा पु¥याउने अन्य व्यक्ति व्यक्तित्व पनि सम्मानित हुँदै छ । केन्द्रीय निर्देशन बमोजिम बागमति प्रदेशकाका १० जिल्लामध्य अधिवेशन गर्ने सिन्धुपाल्चोक पहिलो जिल्ला भएको छ ।

बैशाख १४ गते चौतारामा अधिवेशन गर्ने र अधिवेशनको संपूर्ण तयारी भइसकेको सचिव विदुर आचार्यले जानकारी दिए ।

महासंघ सिन्धुपाल्चोकले सम्मान  गर्न लागेका  १० जना   हेर्नुहोस तस्बीर सहित  ;

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्