२०८१ भाद्र २३
                           

लागर्चेमा सवारी दुर्घटना हुदा ६ जना घाइते

बैशाख १४, सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका ८  लागर्चेमा सवारी दुर्घटना हुदा ६ जना घाइते भएका छन ।

घाइतेहरुको तिपेनि अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक निरन्जन भट्टराईले जानकारी दिए।

घाइते हुनेहरूमा जुम्लाका राम प्रसाद न्यौपाने,  काठमाण्डौका लक्ष्मण कुईकेल, भोटेनाम्लाङका कान्छा तामाङ , काभ्रे रोसीकी शारदा उप्रेति, अर्घखाचीका  सरिता गौतम र ओखलढुङ्गाका दिपा कुमारी धमला रहेका छ्न ।

उनीहरु पाँचपोखरी थाङ्पाल गाउँपालिकाको कमर्चारी हुन ।

शुक्रबार अपरान्ह लागर्चे जादै गरेको बा १ झ ६६०३ नं. को टाटा मोवायल हाइलेक्स गाडी आफ्फै अनियन्त्रित भई दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्