२०८१ भाद्र २३
                           

नेपाल पत्रकार महासंघ सिन्धुको २९ औं साधारणसभा तथा १२ औं अधिवेशन सम्पन्न

बैशाख १५, सिन्धुपाल्चोक । स्नातकोत्तर गरेका १० जना पत्रकारलाई नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकले सम्मान गरेको छ ।

शुक्रबार महासंघको २९ औं साधारणसभा तथा १२ औं अधिवेशनको उद्घाटन कार्यक्रममा उनिहरुलाई सम्मानपत्र र दोसल्ला उडाएर सम्मान गरेको हो । सम्मान भएका १० जना महासंघका सदस्य हुन् ।

सम्मानित हुनेहरु महासंघका पूर्व अध्यक्ष पत्रकार ऋषिराम पौडेल, पत्रकार डम्बर रसिक भारती, नेत्र तामाङ, ध्रुव दंगाल, दिनेश थापा, शर्मिला ठकुरी, कला अनुरागी, दुर्गा आचार्य, सिताराम कोइराला र उद्धव थापा रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुबोधले सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको हो ।

पत्रकारिता विधामा स्नातकोत्तर अध्ययनरत सञ्चारकर्मीहरुका लागि छात्रवृत्ति दिदै आएका महासंघले पत्रकारितामा स्नातकोत्तर डिग्री गरेकालाई पनि गर्व स्वरुप सम्मान गरेको महासंघका अध्यक्ष जीवन श्रेष्ठले बताए ।

साथै महासंघको संस्थागत विकासका लागि टेवा पु¥याएकाहरुलाई पनि सम्मान गरेको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल शरद, चौतारा नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटा, समाजसेवी दिनेश थापा लगायतलाई सम्मान गरिएको थियो ।

यसैविच महासंघले सिन्धु पत्रकारिता नामक पुस्तक पनि विमोचन गरेका छन् । जिल्ला शाखाका अध्यक्ष जीवन प्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा सांसद अमृता नेपाल, चौतारा नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, बलेफी गाउँपालिका अध्यक्ष गङगा बहादुर तामाङ, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो, सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिना, इन्दावती गाउँपालिका अध्यक्ष झम्क नेपाल, प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्य र बागमती प्रदेशका प्रेस रजिस्ट्रार रेवती सापकोटा लगायतले शुवेच्छ तथा शुभकामना व्यक्त गरेका थिए ।

तस्बिर:

 

प्रतिक्रिया दिनुहोस्