२०८१ भाद्र २३
                           

सञ्चार जगतले देश निमार्णका लागि नयाँ मिसनको थालनी गर्नुपर्छ- मन्त्री दुलाल

बैशाख १५, सिन्धुपाल्चोक । देश निमार्णका लागि पत्रकार जगतले पनि नयाँ मिसनको थालनी गर्नुपर्ने बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल शरद ’ ले बताएका छन् ।

शुक्रबार गृहजिल्ला सिन्धुपाल्चोक आइपुगेका मन्त्री दुलालले देश निमार्ण गर्न जसरी सरकारको संवैधानिक अंगहरूले भुमिका निर्वाह गरेको हुन्छ त्यसैगरी सञ्चार जगत पनि लागी पर्नुपर्ने धारणा ब्यक्त गरे ।

विगतमा राजनितिक परिवर्तनमा सञ्चार क्षेत्रले अहम भुमिका निर्वाह गरेको थियो ठिक त्यसैगरी देश निमार्णमा पनि यो क्षेत्रको भुमिका उत्तिकै रहेको मन्त्री दुलालको भनाइ थियो ।उनले भने सञ्चार क्षेत्र देश निमार्णको अभियानबाट बाहिर छैन, अछुतो छैन ।

जनतालाई सुसूचित गर्नुका साथै सबै भ्रष्टचार, शासक र प्रतिनिधिलाई सचेत र खबरदारी गराउने ऐतिहासिक र अहम भुमिका पत्रकारिताको रहेको उनले स्मरण गरे ।

देश निमार्णका लागि अब नयाँ बहस सुरुवात गर्नुपर्ने बताउदै मन्त्री दुलालले भने पत्रकारिता स्वरोजगार ब्यवसायिक, उद्योग होला तर संगसंगै राष्ट्र निमार्णको अभियान भएकाले हामीले जनतामा कस्तो मनोविज्ञान निमार्ण गर्ने भन्ने चाँही सञ्चार जगतको भुमिकामा निर्भर हुनेछ ।

साथै उनले सुचना प्रविधिको जमाना भएकाले सुचना जे बढी हावी भएर आउँछ त्यसैमा केन्द्रित हुने र मान्छेहरु सूचनाको पछि दौडिनु परेको बताए ।

अहिले राजनीतिज्ञ, प्रशासक र शासकहरु सबै एक पछि अर्को के सुचना आइरहेको छ ? के समाचार आइरहेको छ ? जनताको भावना के अभिव्यक्त भइरहेको भनेर नीति निमार्ण गर्नुपर्ने र दृष्टिकोण बनाउनुपर्ने जमानामा हामी पुगेका छौ ।’ मन्त्री दुलालले भने यस कारण यो देशलाई लिड गर्ने भुमिका र जिम्मेवारी सञ्चार जगतलाई थपेर आएको मन्त्री दुलालको भनाई थियो ।शुक्रबार नेपाल पत्रकार महासंघ शाखा सिन्धुपाल्चोक अधिवेशनमा मन्त्री दुलालले यस्तो बताएको हो ।

पत्रकारितालाई राज्यले चौथो अंगको रुपमा परिभाषित गरेको बताउदै राज्यले पत्रकारिता जगतलाई चौथो अंगको ब्यवहार गरेको बताए ।राज्यको लगानी र अपनत्व सञ्चार क्षेत्रमा भएकाले अझ ब्यवस्थित गरेर लाने र चुनौतीहरूलाई राज्यले अभिभावकत्व भुमिका बढाउन बागमती सरकारले पत्रकारिता क्षेत्रलाई केही राहतको काम शुभारम्भ गरेको बताए ।

यसका साथै संस्थागत विकाससँगै कानुनी प्रस्ताव गरेको समेत मन्त्री दुलालले जानकारी दिए ।समय परिवर्तनशील भएकाले सुचना प्रविधिको विकाससँगै अगाडी आएका कुरालाई चुनौती भन्दा अवसरको रुपमा लिएर सञ्चारकर्मी अगाडी बढ्न सुझाए ।

उनले भने नेपालको पत्रकारिताको इतिहास र अहिलेको अवस्था मनन गर्दै नयाँ –नयाँ सम्भावना प्रविधिले ल्याइ रहेकाले नयाँ सम्भावना खोज्दै जानुपर्छ ।सञ्चार क्षेत्रको विकासका लागी बागमती सरकारले काम गर्ने मन्त्री दुलालले प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्