२०८१ भाद्र २३
                           

हेलम्बु गाउँपालिकाको निर्णय, बालबालिकालाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने

बैशाख १६, सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले जनप्रतिनिधि,कर्मचारी,गाउँ तथा वडा शिक्षा समितिका पदाधिकारी,विद्यालय ब्यबस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी,सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक,शिक्षक,कर्मचारीले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने निर्णय गरेको छ ।

गत चैत २७ गते बसेको गाउँ शिक्षा समितिको निर्णय सार्वजनिक गर्दै गाउँपालिकाका शिक्षा अधिकृत धन ध्वज लामाले यस आर्थिक बर्ष २०८१ देखि आफ्ना बालबालिकालाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरेका हुन ।

निर्णय कार्यान्वयनमा गएपछि अभिभावकहरुले विद्यालयको शैक्षिक प्रणाली र व्यवस्थापनको निगरानी गर्ने भएकाले शिक्षाको गुण स्तरीयतामा वृद्धि हुने विश्वास रहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

प्रतिक्रिया दिनुहोस्