२०८१ भाद्र २३
                           

सर्वसाधारणले सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास प्राप्त गर्न सक्ने

बैशाख १७ । सिंहदरबार प्रवेशका लागि आजदेखि इगेट पास (अनलाइनबाटै पास लिन मिल्ने) प्रणाली सञ्चालनमा ल्याइएको छ । अब सर्वसाधारणले सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास प्राप्त गर्न सक्नेछन् ।

सिंहदरबार पास डट जिओभी डट एनपीमा गएर पासका लागि अनुरोध गर्न सकिने र स्वीकृत भएपछि जारी हुने गृह मन्त्रालयले जनाएको छ ।

यो वेबसाइटमा गएर सुरुमा आफ्नो परिचयपत्र अपलोड गरेर प्रक्रिया पूरा गरेपछि मन्त्रालयले त्यसलाई स्वीकृत गर्नेछ । सिंहदरबारको प्रवेश व्यवस्थापनलाई थप सहज र प्रविधिमैत्री बनाउन इगेट पास प्रणाली सञ्चालनमा ल्याइएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए।

परीक्षणपछि सबै मन्त्रालय र निकायमा इगेट पास प्रणाली सञ्चालनमा ल्याइने छ ।

प्रतिक्रिया दिनुहोस्