एमालेका उम्मेदवार भण्डारी ११ हजार ६ सय १३ मत प्राप्त गरी  विजयी भएका हुन ।
भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे ।
यस्तै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत प्राप्त गरेका निर्वाचन  आयाेगले जनाएकाे छ ।
अस्ति शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मतदान भएकोमा अहिलेसम्म २८ हजारभन्दा धेरै मतगणना भइसकेको छ ।