२०८१ भाद्र २३
                           

नेपाल रेडक्रस चौतारा उपशाखाको सभापतिमा धिताल निर्वाचित

चौतारा/ नेपाल रेडक्रस सोसाइटी चौतारा उपशाखाको आठौं अधिवेशन बैशाख १९ गते चौतारामा सम्पन्न भएको छ ।

अधिवेशनले नातिबावु धितालको सभापतित्वमा ११ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।

निर्वाचित कार्यसमितिहरुमा सभापती नातिबावु धिताल, उपसभापती सीता कसजु, सचिव चन्द्र खत्री, कोषध्यक्ष मिलन लामा, सहसचिव सुजाता सापकोटा, उपकोषाध्यक्ष बालसुन्दर कटुवाल रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा रिना श्रेष्ठ, ठाकुर श्रेष्ठ, हेमन प्रधान, झम्क घले र कुमार थापा निर्वाचित भएका छन् ।

निर्वाचित सभापती नातिबावु धितालले आफुलाई निर्वाचित गराउनुहुने सम्पुर्ण सभासदहरु लाइ धन्यवाद दिदै आफ्नो कार्यकालभर रेडक्रसको सिद्धान्तमा बिचलित नभई मानवीय कार्य गर्ने प्रतिवद्धता दिए ।

अधिवेशनले माधवलाल कर्माचार्यको संयोजकत्वमा पाच सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको नव निर्वाचित सभापती नातिबावु धितालले बताए।

कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.५ का अध्यक्ष शिव श्रेष्ठको प्रमुख आथिथ्यातामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्