बैशाख २० । कोभिड–१९ विरुद्धको खोपको खतरनाक साइड इफेक्ट हुन सक्ने बेलायती औषधि निर्माता कम्पनी अस्त्रजेनेकाले स्वीकार गरेको छ । कोरोना भाइरसको सङ्क्रमण विरुद्ध कम्पनीले बनाएको खोपले थ्रोम्बोसिस थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम वा टीटीएस निम्त्याउन सक्छ भनि बेलायती उच्च अदालतमा पेस गरिएका कागजातहरू अस्त्रजेनेकाले स्वीकार गरेको छ ।
यो रोगले शरीरमा रगत जम्ने र प्लेटलेट्सको सङ्ख्यामा उच्च कमी आउने जसका कारण हृदयाघात र स्ट्रोकको पनि जोखिम हुने बेलायती पत्रिका टेलिग्राफले खबर छापेको छ । अस्त्रजेनेका माथि कोभिशिल्डका खोपको कारण धेरै मानिसको मृत्यु भएको आरोप लगाइएको छ । कम्पनीविरुद्ध उच्च अदालतमा ५१ वटा मुद्दा चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्