२०८१ भाद्र २३
                           

आगामी बजेटबाट नवप्रवर्तन कोष स्थापना गर्ने, प्रधानमन्त्री ‘प्रचण्ड

बैशाख २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएको छ । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उनले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिए ।

कोषको स्थापनासँगै आफ्नै स्वविवेक, क्षमता र पहुँचमा सूचना प्रविधिमार्फत अरबौंको आम्दानी गरिरहेका युवा वैज्ञानिकलाई प्रोत्साहित गर्न सकिने बताए । यसले युवापुस्तालाई देशभित्र आशा जगाउन सक्ने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे ।

उनले युवालाई लक्षित गरी अगाडि बढाइएको ‘स्टार्टअप कार्यक्रम’ लाई एकीकृत गरी प्रभावकारी कार्यान्वयन गर्न सरकार गम्भीररूपले लागिरहेको दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्