२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोकमा चट्याङबाट हालसम्म २० जनाको मृत्यु , सावधानी अपनाउन विज्ञको सुझाव

बैशाख २०, सिन्धुपाल्चोक । जिल्लामा चट्याङका ३७ घटना भएका छन् । सो घटनामा २० जनाले ज्यान गुमाएका थिए भने ६६ जना घाईते भएका हुन । सो घट्नाबाट १७ लाख ६६ हजार बराबर क्षति भएको जिल्ला विपद ब्यवस्थापन समिति सिन्धुपाल्चोकले जनाएको छ । चट्याङको जोखिमको हिसाबले अफ्रिकापछि धेरै मृत्युदर भएको देश नेपाल हो ।

मौसममा उतारचढाव शुरू हुनेबित्तिकै घरभित्र बसेमा चट्याङकाबाट बच्न सकिने विज्ञ श्रीराम शर्माको भनाई छ । उनका अनुसार गड्याङगुडुङ सुनेपछि घरभित्र पस्ने, पौडने, माछा मार्ने जस्ता क्रियाकलाप नगर्ने, खुला मैदानमा नबस्ने, केही गरी खुला ठाउँमा भए दुई घुडाँबीच टाउको लुकाई बस्ने जस्ता सुरक्षाका उपाय अपनाउन सकिन्छ । मेघगर्जन थालेपछि विद्युतीय सामग्री, पानी प्रयोग नगर्ने, केबुल तथा एन्टेनाको तार उपकरणबाट छुटाउने र झ्याल ढोका बन्द गरी भित्ताबाट टाढै बस्न विज्ञको सुझाव छ ।

कार्यक्रममा चट्याङ तथा विद्युतीय जोखिम न्यूनीकरणका लागि ज्ञान प्रवाह गरीएको थियो । नेपालमा चट्याङका कारण ठुलो जनधनको क्षति भएकाले केहि सावधानी अपनाएर क्षतिलाई घटाउन सकिने राईम्सका कार्यक्रम प्रमुख पुजा शाक्यले बताइन ।

नेपालमा प्रि–मनसुनको समयमा चट्याङले वर्षमा झण्डै एक सय जनाको ज्यान लिने गरेको तथ्यांकमा उल्लेख छ । बिहिवार चौतारामा जिल्ला विपद ब्यवस्थापन समिति सिन्धुपाल्चोक,सामुदायिक आत्म निर्भर सेवा केन्द्र र सालनेट लगायतको सरकारी तथा गैर सरकारी संस्थाको समन्वयमा यस कार्यक्रम आयोजना गरीएकोे हो ।

प्रतिक्रिया दिनुहोस्