२०८१ भाद्र २३
                           

जुगल -१’ हिम चुचुरोको पहिलो आरोहण सफल

वैशाख २१, सिन्धुपाल्चोक । जिल्लाको जुगल गाउँपालिकामा पर्ने जुगल हिम शृङ्खला अन्तरगतको ‘जुगल -१’ हिम चुचुरोको पहिलो प्रयास मै सफल आरोहण भएको छ ।नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा जिल्लामा अवस्थित जुगल -१ (६५९१ मिटर) आरोहणका लागी गएका कोरियन र नेपाली आरोहीहरुले सफल आरोहण गरेका हुन ।सफल आरोहीहरुमा नेपालका लाक्पा निन्धी शेर्पा र बाबु शेर्पा तथा कोरियाका उम उम होङ्गिल छन ।

संगै गएका आरोहीहरुले आज बेलुकीसम्म आरोहण गर्ने जानकारी आरोहणदलका सदस्यले जानकारी दिएका छन । आरोहीदल जुगल हिमशृङ्खलामा रहेका ६ हजार ५ सय ९१ मिटरको ‘जुगल– १’ र ६ हजार ५ सय १८ मिटरको ‘जुगल २’ नामका चुचुराको आरोहण गर्ने उदेश्यका साथ २०८० चैत २६ गतेटोली संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको जुगल हिमाल पुगेको थियो ।

उनीहरुलाई बैशाख ७ गते जुगल हिमालको बेसक्याम्पमै पुगेर सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ र बागमती प्रदेश सभा सदस्य सरल सहयात्रीले शुभकामना दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्