२०८१ भाद्र २३
                           

सिद्धि गणेशका विद्यार्थीको रचनात्मक शैक्षिक प्रदर्शनी : मेयरले गरे अवलोकन

बैशाख २१, सिन्धुपाल्चोक ।  चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ स्थित  सिद्धि गणेश माध्यामिक विद्यालयमा शैक्षिक प्रर्दशनी भएको छ । शैक्षिक प्रदर्शनीमा विद्यार्थीहरुको रचनात्मक सिर्जना, बौद्धिक क्षमता र ज्ञान अनि सीपको प्रदर्शन देखिएको छ ।

विद्यार्थीहरुका लागि रचनात्मक र सिर्जनात्मक ढंगको कृयाकलाप प्रयोगात्मक रुपमा निर्माण गरि आम दर्शक सामु प्रस्तुत गर्ने सुनौलो अवसर शैक्षिक प्रदर्शनी  भएको  प्रध्यानाध्यापक राज कुमार यादवले बताए ।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन गौतमले शिक्षकहरुले आफ्ना विद्यार्थीहरुलाई सिकाइरहेका कुराहरुलाई विद्यार्थीहरुले कलात्मक ढंगबाट प्रर्दशनी गरिएकोमा आफू प्रफुल्लित भएको बताए ।

समग्र वडाको शैक्षिक सुधारको लागि बालबालिकाहरूद्वारा गरिएको शैक्षिक मेला प्रदर्शनीले कोशेढुंगा सावित गरेको शैक्षिक प्रदर्शनी मेलाको अवलोकन पछि नगरपालिका मेयर कृष्ण प्रसाद सापकोटाले बताए ।बालबालिकाहरुको कला सीप र क्षमतालाई उजागर गर्नको निम्ति आयोजना गरिएको शैक्षिक प्रर्दशनी उत्कृष्ट भएको नगर उपप्रमुख सिता थापाको भनाई छ ।विभिन्न भौतिक पूर्वाधार, आ(आफना विद्यालय, विभिन्न प्रविधियुक्त उपकरण, नेपालको नक्सा, रङ्गी विरङ्गी फूलहरु, रकेट, पंखा, इलेक्ट्रिक आविश्कार ,विज्ञान प्रयोगशाला, कम्युटर प्रयोगशाला लगायतका सयौं वस्तुहरु प्रदर्शनीका लागि राखेका थिए ।

गत वर्ष बागमती स्तरीय शैक्षिक प्रदर्शनी मेलामा यो विद्यालय उत्कृष्ट बन्न सफल सफल भएको थियो । शैक्षिक गुणस्तर बढाएसँगै यो विद्यालयमा  विद्यार्थी आकर्षण समेत बढ्दै गएको छ । स्कुल बसको ब्यवस्थापन भएसंगै चौताराका २५ जना बालबालिका यो शैक्षिक शत्रमा सानुसिरुवारीको सिद्धि गणेश माध्यामिक विद्यालयमा भर्ना भएको विद्यालय प्रशासनले जनाएको छ ।नगर मावि स्तरको नृत्य प्रतियोगीताका लागी सिद्धि गणेश माध्यामिक विद्यालय छनौट भएको छ । वडा भित्र रहेको ज्ञान मन्दिर र सिद्धि गणेशका विद्यार्थीबीच नगर स्तरीय नृत्य प्रतियोगितामा प्रतिस्पर्धाको लागी आज वडा स्तरको प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्