२०८१ भाद्र २३
                           

चुनावी प्रक्रियाबाट बाल क्लब र जुनियर रेडक्रस सर्कलको नयाँ कार्य समिति

जेठ ४, सिन्धुपाल्चोक। शुक्रबार श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयमा  बालबालिकाबीच निर्वाचन भएको छ ।  विद्यालयस्तरमा गठन हुने बाल क्लब र जुनियर रेडक्रस सर्कलको नयाँ कार्य समितिका लागि सहमति हुन नसकेपछि विद्यार्थीहरु मतदान  प्रकृयामा गएका  प्रधानाध्यापक डम्बर बहादुर श्रेष्ठले बताए ।

मतदानमा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र मतदान प्रकृयामा सहभागि  भएको जनाएको छ ।जम्मा ६ सय मतदाता रहेकोमा ५ सय ४० मत खसेको निर्वाचन समितिले जनाएको छ

मतदान प्रक्रियामा बाल क्लबमा कोको विजयी भए ?

बाल क्लब अध्यक्ष पदमा  जङ्गे रायमाझी विजयी भएका छन । निकटम् प्रतिद्वोन्द्वी अस्मिता श्रेष्ठले ६१ मत प्राप्त गर्दा रायमाझीले ३ सय ९  मत  ल्याएका थिए । उपाध्यक्ष पदमा  साइमन तामाङ विजयी भएका छन । सचिव पदमा  उर्मिला तामाङ २ सय १० मत ल्याइ विजयी भइन । सहसचिवमा राजेश कक्षपति विजयी भएका छन ।

सदस्यहरुमा नित्सा प्रधान, अन्जु तामाङ, प्रस्तोता आचार्य, सुदीना प्रधान, रोनित श्रेष्ठ र ममता तामाङ विजयी भएका छन  ।

जुनियर रेड्क्रस सर्कलतर्फ को को निर्वाचित भयो ?

जुनियर रेडक्रस सर्कलतर्फ सभापति पदमा अविश्यक खत्री विजयी भए । मत परिणाम अनुसार  खत्रीले १ सय ८० मत प्राप्त गरेका थिए भने  प्रतिद्वन्द्वी रेन्चन लामाले १ सय ४० मत मात्रा पाएका हुन ।

उपसभापतिमा सलिन श्रेष्ठ , सचिव पदमा सोफिया कार्की र  कोषाध्यक्षमा  राभ्या श्रेष्ठ निर्वाचित भएका छन्  । सहसचिवमा रमेश तामाङ विजयी भए ।

सदस्यहरुमा  संगीता कार्की, रविना थापा, प्रशंसा दाहाल, दिप्सना नेपाल समृद्धि खड्का र अदिती नेपालले विजय हासिल गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्