२०८१ भाद्र २३
                           

पोलियो रोग विरुद्ध खोप अभियान बारे सरोकारवालाहरुको बैठक सम्पन्न

जेठ ९, सिन्धुपाल्चोक । बुधबार बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जना स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकको आयोजनामा जिल्ला स्तरीय पूर्ण खोप दिगोपना समन्वय समिति तथा सरोकारवालाहरुको बैठक चौतारामा बसेको छ ।स्थानिय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चिता हाम्रो प्रतिबद्धता भन्ने नारा सहित पोलियो रोग विरुद्ध आई, पि.भी खोप अभियान २०८१ सम्बन्धि बैठक सम्पन्न भएको छ । देशभरी एकै पटक यही जेठ १३ गतेदेखि २६ गतेसम्म आई.पि.भी. खोप अभियान सन्चालन हुदैछ ।

सिन्धुपाल्चोकमा आई.पि.भी. खोप लगाउने कार्यका लागी आवश्यक स्वास्थ्य सामग्री भोलि बिहिबार सम्ममा सबै स्वास्थ्य शाखामा पुग्ने जनस्वास्थ्य कार्यलयका प्रमुख दुर्गा बजगाईँले जानकारी दिइन् । उनका अनुसार जिल्लामा १४ हजार ९७४ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ । यस खोप अभियान सफल बनाउन लक्षित बालबालीकालाई खोप केन्द्रसम्म जान प्रेरित गर्न सरोकारवा सबैलाई बजगाईँले अनुरोध गरिन ।

वि.सं २०७३ बैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई आई.पि.भी. खोप अनिवार्य लगाउनु पर्नेछ । खोप लगाउन पायक पर्ने तोकिएको खोप केन्द्रमा जानुपर्नेछ । खोप लगाउन छुटेका बालबालिकाहरुमा पोलियो लाग्ने जोखिम भएकाले खोप जरुरी भएको हो । यसअघि पनि खोप अभियानक बारे सरोकारवालाहरुसंग बैठक बसेको थियो ।

सो बैठकमा बोल्दै जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठले जनप्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी, स्वयमसेविका, शिक्षक र पत्रकार लगायत सबैलाई खोप अभियान सफल बनाउन भुमिका निर्वाह गर्न आह्वान गर्नुभयो । यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी जीत बहादुर भण्डारीले खोपबारे प्रचारप्रसार गर्न सञ्चार माध्यम र सरोकारवाला सबैलाई अनुरोध गर्दै जिल्ला प्रशासनले गर्नुपर्ने सबै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

साथै बैठकमा चौतारा अस्पतालका चिकित्सक, शिक्षा, स्वास्थ्य, सुरक्षाका प्रमुख तथा प्रतिनिधि, चौतारा साँगाचोकगढी नगरपालिकाको जनप्रतिनिधि, पत्रकार लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्