२०८१ भाद्र २३
                           

चौतारामा ३ महिने ब्याडमिन्टन प्रशिक्षण सुरु

जेठ १० , सिन्धुपाल्चोक । चौतारामा ३ महिने ब्याडमिन्टन प्रशिक्षण सुरु भएको छ । ब्याडमिन्टन खेलको संरक्षण, सम्बर्द्धन, प्रबर्द्धनसँगै विस्तार गर्ने उदेश्यले प्रशिक्षण सुरु भएको हो । प्रशिक्षणको उद्घाटन चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले गरेका छन् ।

प्रशिक्षणमा झण्डै ६० जना बालबालिकाको सहभागिता रहेको छ । प्रशिक्षण कार्यक्रम ३ महिनापछि पनि निरन्तर चलिरहने आयोजक चौतारा ब्याडमिन्टन एकेडेमीका अध्यक्ष रमेश श्रेष्ठले बताए ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रशिक्षण कार्यक्रमको मेयर सापकोटाले अध्यक्ष श्रेष्ठलाई खेल सामाग्री हस्तान्तरण गरेर उद्घाटन गरेका हुन् ।

५ का वडाध्यक्ष शिव श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, जिल्ला ब्याडमिन्टन संघ सिन्धुपाल्चोकका अध्यक्ष सुवर्णलाल श्रेष्ठ र नगर खेलकुद विकास समितिका अध्यक्ष अमृतमान श्रेष्ठले सम्बोधन गरेका थिए ।
सो अवसरमा ब्याडमिन्टन संघ सिन्धुपाल्चोकका अध्यक्ष सुवर्णलाल श्रेष्ठले ¥याकेट, कक लगायतका खेल सामाग्री एकेडेमी अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्