२०८१ भाद्र २३
                           

बुद्ध पूर्णिमा २०८१ को उपाधी धार्पा युवा क्लबले जिते

जेठ ११, सिन्धुपाल्चोक । प्रतिस्पर्धी १६ टिमलाई पछि पार्दै यो वर्षको बुद्ध पूर्णिमा २०८१ को उपाधी धार्पा युवा क्लब बाह्रविसेले जीत्न सफल भएको छ ।चौतारामा जारी खुला फूटबल प्रतियोगिता अन्तर्गत आज भएको अन्तिम खेलमा कृम्सन इगल्स चौतारालाई हराउँदै धार्पा युवा क्लबले दोस्रो बुद्ध पूर्णिमा कप २०८१ को उपाधी जीत्न सफल भएको हो ।

निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टि सुट आउटमा चौताराले १ मात्र गोल गर्न सफल भयो भने धार्पाले ४ गोल ग¥यो ।

हरेक बुद्ध पूर्णिमा अवसरमा चौतारा यु १५ फूटबल क्लबको आयोजनामा हुँदै आएको यो प्रतियोगितामा यस वर्षको विजयी खेलाडीलाई चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडाअध्यक्ष शिव श्रेष्ठले शिल्ड, मेडल, प्रमाणपत्र र नगद रकम वितरण गर्नुभयो ।त्यस्तै खेल अवधिभर सर्वाधिक गोल गर्ने धार्पा युवा क्लबका प्रदीप श्रेष्ठ, इमर्जिङ प्लेयर सुप्रिन्स विष्ट, चौताराका उत्कृष्ट रक्षक जंगे रायमाझी र धार्पाका उत्कृष्ट गोलकिपर सुनिल तामाङलाई अध्यक्ष श्रेष्ठले ट्रफी वितरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्