२०८१ भाद्र २३
                           

‘‘ गरौ योग, रहौँ निरोग ” चौतारामा खुला योग विज्ञान शिविर

जेठ ११, सिन्धुपाल्चोक । ‘‘ गरौ योग, रहौँ निरोग ” भन्ने मुल नाराका साथ चौतारामा निशुल्क खुला योग विज्ञान शिविर चलिरहेको छ । योग गर्न चौताराबासि उत्साह जनक सहभागी भईरहेका छन् । सहभागीहरुलाई पतञ्जली योग पिठ बागमती प्रदेश प्रमुख गुरु ग्रुविन तौजलेले चक्रासन, कपालभाति, कसरत, गोमुखासन, ज्ञान मुद्रा विधि, त्रिकोणासन, ध्यान, पदमासन, प्राणायाम, भद्रासन, भुजंगासन, मत्स्यासन, वज्रासन, शशांकासन, सिंहासन योग र सूर्यनमस्कार लगायतका योग सिकाइ रहनु भएको छ । यी योग अभ्यास मानिसले नियमित गरेमा स्वस्थ रहन मदत हुने बताइन्छ ।

बिहिबारबाट रत्न गंगा माध्यमिक विद्यालयको प्राङगणमा विहान ५ बजे देखि साढे ७ बजे सम्म योग सञ्चालन भइरहेको छ । ३ दिने योग शिविरमा दोस्रो दिन शुक्रबार १ सय ५० भन्दा बढी सहभागी भएका थिए । सहभागीहरु जनप्रतिनिधि, प्रहरी, शिक्षक, कर्मचारी तथा चौताराबासी हुन् ।अन्तिम दिन सनिबार मेलम्ची, बाह्रविसेबाट समेत सहभागी हुने आयोजकले जनाएको छ ।

पताञ्जली योग नगर समिति चौताराको आयोजना तथा जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकको सह—आयोजनामा र चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा खुला योग विज्ञान शिविर सञ्चालन भएको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्