२०८१ भाद्र २३
                           

चौतारा टुँडिखेल चोकमा नेवारी परम्परा अनुसारको फल्चा

जेठ ११, सिन्धुपाल्चोक ।  सदरमुकाम चौतारा स्थित टुँडिखेल चोकमा नेवारी परम्परा अनुसारको फल्चा निर्माण भएको छ ।चौतारा साँगाचोकगढी नगरपालिकाले करिब ८ लाख खर्चेर सो फल्चा शैलीको प्रतीक्षालय निर्माण गरेको हो ।

कलात्मक थाम, झ्याल र भित्तामा नेवारी परम्परा र संस्कृति झल्किने चित्रहरुसहित निर्माण भएको यो प्रतिक्षालयको यही जेठ १५ गते १७ औं गणतन्त्रण दिवसको अवसरमा नगरप्रमुख कृष्णप्रसाद सापकोटाले उदघाटन गर्ने निर्माण समितिले जनाएको छ ।

अधिकाँश सरकारी तथा गैरसरकारी कार्यालयहरु टुँडिखेल वरपर रहेको र व्यस्त चोकको रुपमा चिनिएको सो स्थानमा प्रतिक्षालय निर्माण हुँदा सेवाग्राही एवम् बटुवाले राहतको अनुभव गर्ने विश्वास गरिएको छ ।

नगरपालिकाले यस अघि प्रतिक्षालयसँगै सार्वजनिक शौचालय र खुला ब्यायाम शाला निर्माण गरि प्रयोगमा समेत आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्