२०८१ भाद्र २३
                           

कृष्ण सेन ‘इच्छुक’को सम्झनामा अन्तरक्रिया

जेठ १३, सिन्धुपाल्चोक । स्वतन्त्रताका सेनानी, पत्रकार एमव् साहित्यकार कृष्ण सेन ‘इच्छुक’को २२औं स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले अन्तरक्रिया गरेको छ ।

सिन्धुपाल्चोकको चौतारामा रहेको कञ्चन स्मृतिग्राम पुस्तकालयमा आईतबार आयोजित अन्र्तरक्रिया कार्यक्रममा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष सुन्दर शिरीषले कृष्ण सेन ‘इच्छुक’ आम जनपक्षीय पत्रकारिताको मार्गदर्शक रहेको बताउँदै उनको योगदानलाई थप स्थापित गर्न आवश्यक रहेको बताए ।

‘इच्छुकका वीरता, बलिदान र आदर्श नायकत्वबाट धेरै कुरा सिक्दै जीवन व्यवहारमा लागु गर्न सक्नुपर्छ, अनि मात्र इच्छुकप्रतिको सच्चा सम्मान हुन जान्छ’, उनले भने– ‘समाज रूपान्तरण अभियानमा निरन्तर खट्न सक्ने इच्छुक आस्था र निष्ठामा सतिसाल थिए । उनले जनपक्षीय पत्रकारिताको क्षेत्रमा निर्वाह गरेको ऐतिहासिक भूमिका र देखाएको बाटोलाई आजको सन्दर्भमा जनपक्षीय पत्रकारले अनुसरण गर्न भुल्नु हुँदैन ।’

कार्यक्रममा प्रेस सेन्टर नेपाल केन्द्रिय अनुशासन समिति सदस्य सुरेश कसजू, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सदस्य दीपक खत्री, विद्यार्थी नेता मिलन लामा, प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समतिका सचिव अर्जुन शर्मा, रेडियो सिन्धुका अश्मि स्याङ्तान लगायतले कृष्ण सेन ‘इच्छुक’को बारेमा चर्चा गरेका थिए । उनले इतिहासको यस घडीमा (२०५६), बन्दी र चन्द्रागिरी (२०५८) आदि कृति चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्