२०८१ भाद्र २३
                           

खैजडी भजन बालन सिक्दै सिकाउदै

जेठ १४, सिन्धुपाल्चोक । लोप हुँदै गैरहेको खैजडी भजन बालन लगायत आफ्नो मौलिक परम्पराको जगेर्णा गर्न नेपाल ज्योतिष परिषद सिन्धुपाल्चोकले विभिन्न कार्यक्रम गर्दै आएको छ । कहिले सडक मै हरि नाम सङकिर्तन शोभा यात्रा त कहिले सडक ज्योतिष प्रशिक्षण दिइएको हो ।

परिषद सिन्धुपाल्चोकले हाल बलेफी गाउँ पालिका स्थित कपिलेश्वोर महादेवको प्राङ्गणमा यही जेठ ४ गते देखि खैजडी भजन बालन प्रशिक्षण गरिरहेको छ ।
परिषदले यही जेष्ठ १५ गते र २१ गते सोमबार प्रशिक्षण साथै साँझ कपिलेश्वोर महादेवको महाआरती पनि गरिने परिषदका अध्यक्ष नारायण दत्त ढुङ्गानाले जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानमा वर, पिपल, शमि, पारिजात लगायत का बिरुवा हरु बृक्षारोपण गरिने र विभिन्न्न स्थानमा प्रशिक्षण कार्यक्रम गर्ने परिषदका अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।

वैदिक सनातन धर्म संरक्षण प्रकृतिको संरक्षण र आफ्नो मौलिक संस्कृति बचाउनु पर्छ र हाम्रो आफ्नो मौलिक धर्मले नै हाम्रो परिचय पहिचान हुने ज्योतिष परिषद सिन्धुपाल्चोकले बताएको छ। यस अघि सदरमुकाम चौतारा, खाडिचौर बजार, बाह्रबिसे बजार लगायतका विभिन्न स्थानमा हरि नाम सङ्किर्तन यात्रा साथै धार्मिक सचेतना कार्यक्रम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्