२०८१ कार्तिक २
                           

गणतन्त्र दिवसको अवसरमा ७ जना पत्रकार सम्मानित

जेठ १५ , गणतन्त्र दिवसको अवसरमा अग्रज सम्मान पत्रकारिता पुरस्कार ७ जना पत्रकारहरुले पाएका छन् । उनिहरुलाई प्रति ब्यक्ति २५ हजार रुपैयाँ पुरस्कारको राशीे दिइएको हो ।

अग्रज सम्मान पत्रकारिताबाट इश्वरकुमार जोशी, शिव प्रसाद देवकोटा, राजकुमार सिग्देल, सरिता दाहाल, सिर्जना गोले, बुद्धलाल नेपाली, हरि गजुरेल सम्मान भएका हुन् ।

उनिहरुलाई सन्चार रजिष्टार कार्यलय बागमति प्रदेशले गणतन्त्र दिवसको अवसरमा मंगलबार एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको रेवती सापकोटाले बताए ।उनले भने सिर्जनात्मकताको खेती गर्नेहरु बागमती प्रदेशका गहना हुन् । अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्ने प्रदेश सरकारको नीति अनुरुप विभिन्न विधाका पुरस्कार ७ जना पत्रकारलाई दिइएको सापकोटाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्