२०८१ भाद्र २३
                           

बलेफी गाउँपालिका सिन्धुपाल्चोकमा सबैभन्दा कम बेरुजु रकम भएको पालिका

जेठ १५ , सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका सबैभन्दा कम बेरुजु रकम भएको गाउँपालिकाको सूचिमा सूचिकृत भएको छ ।
तीन नगरपालिका र नौ गाउँपालिका गरी १२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा बलेफीले ० दशमलब ८० प्रतिशतअंक सहित कम बेरुजु रकम भएको पालिकाहरुमध्ये पहिलो बन्न सफल भएको छ।

महालेखा परिक्षकको कार्यालयले गरेको लेखा परिक्षणपछि सार्वजनिक भएको प्रतिवेनद अनुसार १२ वटा पालिका मध्ये सबैभन्दा कम बेरुजु भएको पहिलो सूचिमा बलेफी छ भने सबैभन्दा बढी बेरुजु भएको पालिकामा हेलम्बु परेको छ । कम बेरुजु भएको सूचिको दोस्रो नम्बरमा त्रिपुरा सुन्दरी गाउँपालिका रहेको छ । त्रिपुराले १ दशमलब २७ अंक प्राप्त गरेको छ । हेलम्बुले ४ दशमलब ८१ प्रतिशक बेरुजु बनाउँदा जुगल गाउँपालिकाले ४ दशमलब २७ अंग सहित पछाडीबाट दोस्रो बनेको छ ।

बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ ‘प्रवेश’ले प्रतिकूलताका बाबजुद बेरुजु रकम घटाउन सफल भएकोमा खुसी व्यक्त गरे । ‘समय अनुकूल थिएन, हामी सबै मिलेर बेरुजु सुन्यमा झार्ने प्रयास जारी राखेका थियौं, जिल्लाकै कम बेरुजु भएको पालिकामा परेको प्रतिवेदनले खुसी लाग्यो’, उनले भने । नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनीसँग गाउँ कार्यपालिकामा भने बहुमत छैन ।

प्रतिक्रिया दिनुहोस्