२०८१ कार्तिक २
                           

नृत्य प्रतियोगितामा इर्खु माबि प्रथम

१५ जेठ, चाैतारा। सिन्धुपाल्चोक जिल्ला चाैतारा साँगाचाेकगढी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा वनदेवी मा.वि. भुलभुलेमा आयाेजना गरिएकाे नगर स्तरीय नृत्य प्रतियाेगितामा इर्खु माध्यमिक बिद्यालय इर्खु प्रथम भएकाे छ ।

नगरभित्रकाे आधारभूत तह ४-८ कक्षाका बिद्यार्थीहरुबिच प्रतिस्पर्धा गराईएकाे थियाे । यसरी गरिएको प्रतियोगितामा १३ वटा बपद्यालयकाे सहभागीता रहेकाे थियाे । प्रतियोगितामा सेतीदेवी मा.वि. स्याउले द्दितिय, वनदेवी मा.वि. भुलभुले तृतीय र रामदेवी मा.वि. हर्रे र सेतीदेवी मा.वि., ठुलाेसिरुवारीले सान्त्वना स्थान हासिल गरेकाे छ ।

प्रतियोगिताकाे मुल्यांकन सिन्धु कला मन्दिरको कलाकारहरु चन्द्र सिं घले, मिना थापा र निर्मल बस्नेततले गरेकाे थिए ।
प्रतियोगितामा प्रथम , दितीय, तृतीयलाई १५ हजार, १० हजार ५ हजार नगद प्रमाणपत्र बितरण गरिएको थियाे । उनिहरुलाई नगरउपप्रमुख सीता थापा, सामाजिक बिकास शाखा संयाेजक रामप्रसाद गाैतम शिक्षा शाखा प्रमुख वसन्त जाेशी र निर्णायकहरुले प्रमाणपत्र र पुरस्कार बितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्