१६ जेठ, सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्ला अस्पताल चौताराको नवनिर्मित भवनको आज समुद्घाटन गर्ने भएका छन् । चिनियाँ सहयोगमा निर्माण गरिएको सुविधान सम्पन्न भवनको दिउँसो प्रधानमन्त्री प्रचण्डले समुद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालले जानकारी दिएको छ ।
दिउँसो १ बजे आयोजना गरिने विशेष कार्यक्रममा भवनको उद्घाटन हुने अस्पतालका अध्यक्ष टंक कार्कीले बताए । अस्पतालका अनुसार नेपालका लागि चिनियाँ राजदूत छेन सोङले भवनको साँचो प्रधानमन्त्रीलाई हस्तान्तरण गरेपछि प्रधानमन्त्रीले सो साँचो अस्पताल परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ ।
कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटा, क्षेत्र नंबर १ का सांसद माधव सापकोटा, बागमती प्रदेशका मन्त्रीहरु, सांसदहरु, चौतारा साँचाचोकगढीका नगरप्रमुखलगायतको उपस्थिति रहने छ ।
प्रतिक्रिया दिनुहोस्