जेठ १६, सिन्धुपाल्चोक । यु.एम.बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक सहित ३ जना पक्राउ परेका छन् । बनेपा नगरपालिका १ का केन्द्रिय प्रवन्धक रुषन श्रेष्ठ, बलेफी १ का संचालक समिति सदस्य राजन श्रेष्ठ र चौतारा साँगाचोकगढी ५ का चौतारा शाखा प्रवन्धक रामकृष्ण कार्की पक्राउ परेका हुन ।
पक्राउ परेका तिन जनालाई जिल्ला अदालतबाट म्याद थप भइ आवश्यक अनुसन्धान भईरहेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक निरन्जन भट्टराईले जानकारी दिए ।
उनिहरु बचत रकम अपचलन तथा हिनामिना गरि फरार थिए । ८८ जना बचतकर्ताले प्रहरी कार्यालयमा जाहेरी दिएकोमा बचत कर्ताहरुको ७ करोड ८९ लाख १९ हजार ९ सय ७७ रुपैया हिनामिना भएको बताइएको छ ।
काभ्रे बनेपामा स्थित केन्द्रिय कार्यालय रहेको यु.एम.बचत तथा ऋण सहकारी संस्था लिमिटेले सिन्धुपाल्चोकमा रहेका शाखा कार्यालयहरु मार्फत निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर दिने प्रलोभन देखाएको पाइएको छ । साथै निक्षेपकर्ताको रकम सहकारी मुद्दती निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएका थिए । मासिक -त्रैमासिक- वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पुर्ण सावा ब्याज फिर्ता पाउने विश्वासले बचतकर्ताहरुले रकम जम्मा गरेका हुन ।
पटक –पटक ताकेता गर्दा पनि बचत रकम फिर्ता नदिएकोले आफ्नो निक्षेप जोखिममा रहेको भन्दै बचतकर्ताले कर्मचारी तथा संचालक समितिका पदाधिकारीहरुलाई लामो समय देखि ध्यानाकर्षण गराउँदा समेत नियम अनुसार पाउनु पर्ने निक्षेप र सो को ब्याज रकम नपाएको हो । निक्षेप र ब्याज रकम दिनुको साटो संस्था नै बन्द गरि फरार भएका थिए ।
यस सहकारीबाट पीडित अन्य बचतकर्तालाई प्रमाण सहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन अनुरोध गरिएको डिएसपी भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस्