२०८१ भाद्र २३
                           

१६ जिल्लाका सिडियो सरुवा सिन्धुपाल्चोकमा भुपेन्द्र थापा

जेठ १७ । गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा तथा पदस्थापन गरेको छ । सहसचिव रामचन्द्र तिवारीलाई सुनसरीको प्रजिअमा पदस्थापन गरिएको छ । मकवानपुरमा तिर्थराज चिलुवाल, अरुण पोखरेललाई नवलपरासी पूर्व र विष्णुप्रसाद कोइरालालाई पाँचथरको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ ।

पश्चिम नवलपरासीमा स्कीम श्रेष्ठलाई पठाइएको छ । धादिङमा राजेन्द्रदेव पाण्डे, काभ्रेमा सूर्य प्रसाद सेढाईं, बर्दियामा रुद्रादेवी शर्मा, इलाममा कल्पना श्रेष्ठ, चितवनमा ईन्द्रदेव यादव र सिन्धुपाल्चोकमा भुपेन्द्र थापालाई सरुवा गरिएको छ ।

भोजपुरमा नरबहादुर थापा, कञ्चनपुरमा नारायण प्रसाद सापकोटा र सर्लाहीमा गोपाल कुमार अधिकारीलाई पठाइएको छ । भरतमणि पाण्डेलाई कास्की र मेख बहादुर मग्रातीलाई सप्तरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधबार प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गर्ने निर्णय गरेका हुन् । गृह मन्त्रालय अन्तर्गत प्रजिअहरुसहित २५ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्