२०८१ भाद्र २३
                           

४४ जनाले लिए १५ दिने बारिष्ता  तालिम

निर्मल बस्नेत – १७ जेठ , चाैतारा, सिन्धुपाल्चोक । उद्योग बाणिज्य कार्यालय र चाैतरा साँगाचाेकगढी नगरपालिकाकाे सहयाेग तथा अरनिको कृषि तथा पशुपालन फर्मले आयाेजना गरेकाे १५ दिने( कफी) बारिष्ता तालिम ४४ जनाले लिएका छन् ।

जेठ २ गतेबाट अरनिकाे रिसोर्ट प्रा.लि. चाैतारामा सञ्चालित तालिम १६ गतेसम्म चलेकाे थियाे । तालिमकाे एक कार्यक्रमकाे आयाेजना गरि बिहिबार समापन गरिएकाे छ । तालिम समापनमा बाेल्दै नगरप्रमुख कृष्णप्रसाद सापकाेटाले नगरबासीलाई कृषिमा निर्भर बनाउन आवश्यक कार्यक्रम तय गरिएकाे बताउदै कफी उत्पादनमा समेत लाग्न सहभागी र आयाेजक कृषि फर्मलाई आग्रह गरे । नगर उपप्रमुख सीता थापाले तालिमबाट नगरले आगामी दिनमा थप कार्य गर्नकाे लागि प्रेरित गरेकाे भनिन् ।

तालिममा सहभागी बिजय नेपालले कफीकाे धेरै प्रकार हुने रहेछ , बल्ल कफी चिन्न सक्ने भएकाे बताउदै आगामी दिनमा थप तालिम व्यवस्थाकाे माग गरेका थिए ।
त्यस्तै अर्का सहभागी राेशनी दुलालले आगामी दिनमा आफै व्यवसाय गर्न सक्ने र बैदेसिक राेजगारीकाे लागि पनि टेवा पुग्ने धारणा राखिन् ।

तालिममा सहभागिहरु र प्रशिक्षकलाई नगरप्रमुख कृष्णप्रसाद सापकोटाले प्रमाणपत्र बितरण गरेका थिए । त्यस्तै उद्योग बिकास कार्यालयले नगरपालिकालाई तालिममा सहयाेग पुर्याएकाे भनी प्रशंसा गर्दै कदर पत्र प्रदान गरिएकाे थियाे । उक्त कदरपत्र उद्याेग बिकास कार्यालयका उद्योग अधिकृत बिश्वनाथ काफ्ले नगरप्रमुख सापकोटालाई प्रदान गरेका हुन् ।

अरनिकाे कृषि फर्मका व्यवस्थापक दिपेन्द्र घलेले स्थानीय रुपले राेजगारी सिर्जना गर्ने हेतुले कफी उत्पादन देखि प्रसाेधन र परिकार तयारसम्मकाे बिषयबस्तु समेटेर तालिम गरिएको बताए ।

कृषि फर्मका अध्यक्ष शारदा घलेकाे अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा पूर्व सांसद सुवास कर्मचार्य, नेकपा एमालेका जिल्ला अध्यक्ष हाेमननारायण श्रेष्ठ , जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्ताेष खड्का , भु तथा जलाधार कार्यालयका प्रमुख दिवाकर मास्के र पत्रकारहरु लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्