२०८१ भाद्र २३
                           

चौतारामा फुड फेस्टिबल तथा साँस्कृतिक महोत्सव हुने

१७ जेठ, सिन्धुपाल्चोक । जिल्लाको सदरमुकाम चौतारामा फुड फेस्टिबल तथा साँस्कृतिक महोत्सव हुने भएको छ । यहि जेठ १९ गते शनिबार चौतारा पुरानो बजार कृष्ण मन्दिर परिसरमा वृहद फूड फेस्टिबल तथा साँस्कृति कार्यक्रम हुने भएको हो ।

म्हसिका पुच चौताराद्धारा आयोजना हुने महोत्सवमा विभिन्न जातजातिका मौलिक खाना, मौलिक गीत, नृत्य र सांस्कृतिक झाँकी प्रदर्शन हुनेछ ।

सो कार्यक्रममा सहभागी सबैलाई टीकाबाट स्वागत सत्कारसँगै नेवारी परम्परा अनुसार सगुन वितरण गरिने म्हसिका पुचका अध्यक्ष सीता श्रेष्ठ कसजूले बताइन् । विभिन्न जातजातिका मौलिक खाना प्रदर्शन हुने महोत्सवमा पचास प्रतिशत छुटमा विक्री वितरण हुने कसजूले जानकारी दिइन् ।

कार्यक्रममा विभिन्न जातजातीय संघ संघठनहरुलाई आ आफ्ना जातीय खाना र झाँकी प्रस्तुत गर्नका लागि समेत आयोजकले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्