२०८१ भाद्र २३
                           

बोनम्यारो क्यान्सर उपचारका लागि कविता संग्रह विमोचन हुदै

जेठ–१८, काठमाण्डौं । वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्दा गर्दै बोनम्यारो क्यान्सर भएका कवि नवराज न्यौपानेको कविता संग्रह ‘सपनाका लहरहरु भाग ३’ आगामी जेठ–१९ गते शनिवार काठमाण्डौंमा विमोचन गरिने भएको छ । करिव दुई वर्ष देखी क्यान्सर रोगसंग लडिरहेका कविको उपचार खर्च सहयोगार्थ उनकै कविता संग्रह सार्बजानिक गर्न लागिएको हो ।

ललितपुरको ब्लड हस्पिटलमा उपचार गराइ रहेका नवराजको तेह्रौँ किमो भर्खरै सकिएको छ । हरेक २८ दिनमा किमो गर्नु पर्ने र यो उपचार बिधी महँगो हुने भएकाले आफ्ना कविता संग्रहहरु खरिद गरी सहयोग गर्न कविले सबैलाइ अनुरोध गरेका छन् । नेपालकै पहिलो कविता रियालिटी शो ‘द पोइट आइडल ’मा समेत सहभागी भएका कवि नवराजको यस अगाडी पनि कविता संग्रह सपनाका लहरहरु भाग १ र २ प्रकाशति भइसकेका छन् भने उनका केही गितहरू रेकर्डेट भएका छन्।

क्यान्सर जस्तो रोगसँग झुधिरहेका कवि नवराजको मनोबल बढाउन र उनले अस्पतालकै सैयामा लेखेको कविता संग्रह ‘सपनाका लहरहरु भाग ३’ विमोचन कार्यक्रमको प्रमुख अतिथि वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण पूर्व मन्त्री अरुण नेपाल र विशेष अतिथि सुनकोशी गाँउपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सीना रहने छन् ।

शान ब्याङ्केट, खहरेचोक (पेप्सीकोला)मा जेठ–१९ गते शनिवार, दिनको ४ वजे सिन्धुपाल्चोक सुनकोशी ३ का ‘क्यान्सर फाईटर’कवि नवराज न्यौपानेको उपचार खर्च सहयोगार्थ हुन लागेको यस कविता संग्रह बिमोचन कार्यक्रममा उपस्थित हुन सम्पूर्ण साहित्य प्रेमी सहयोगी मनहरुलाई कविले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्