२०८१ भाद्र २३
                           

लेक लागेर सिन्धुपाल्चोकका २४ वर्षीय युवकको मृत्यु

जेठ १८ । रसुवाको गोसाईँ लेक लागेर सिन्धुपाल्चोकका २४ वर्षीय युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का २४ वर्षीय विजय तामाङ रहेका छन्।

सिन्धुपाल्चोकको हेलम्बु हुँदै लाङटाङको क्यान्जिङ उपत्यकको पदमार्ग अबलोकन गर्दै आएका तामाङको ५६०० मिटरको उचाईमा रहेको लाङसिसा आसपास क्षेत्रमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

लाङटाङको क्यान्जिङ उपत्यकको पदमार्ग अबलोकन गर्दै ५६ सय मिटरको उचाईमा पुगेपछि उनी लेक लागेर बिरामी परेका  उनको घटनास्थलमै मृत्यु भयो।

शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज फरेन्सिक मेडिसिन विभागमा पठाइएको रुसुवा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्