२०८१ भाद्र २३
                           

सुनकोशी गाउपालिकामा कृषकले पाए ५० % अनुदानमा मिनिटिलर

१८ जेठ , सिन्धुपाल्चोक । कृषिमा यान्त्रिकरण गर्दै कृषिमा सुधार ल्याउने उदेश्यले सुनकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाका कृषकहरुलाई मिनिटेलर(हाते ट्याक्टर) उपलब्ध गराएको छ ।

गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार कृषकहरुका लागि सहुलियतमा २ सय १० कृषकहरुलाई मिनी टेलर उपलब्ध गराएको हो ।
गाउँपालिकाले मिनि टेलर खरिदका लागि विद्युती प्रणाली मार्फत इ–बिडीङ गरेको थियो । सबैभन्दा कम रकममा मिनि टेलर उपलब्ध गराउने स्मार्ट एग्रो सेलुसन प्रालि लाई मिनि टेलर उपलब्ध गराउन दिने गाउँपालिकाले निर्णय गरेको थियो ।

कुल २८ हजार ८ सय रुपियाँमा मिनि टेलर उपलब्ध गराएपछि गाउँपालिकाले त्यसको ५० प्रतिशत १४ हजार ४सय उपलब्ध गराएको र कृषकहरुले पनि ५० प्रतिशतको १४ हजार ४ सय रुपियाँ गाउँपालिकाको खातामा जम्मा गराएपछि कृषकहरुलाई मिनि टेलर उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सिनाले जानकारी दिए ।

गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा मिनि टेलर लिनका लागि आएका कृषकहरु असाध्यै कम रकममा अनुदानमा मिनी टेलर पाएपछि खुसी भएका थिए । बजारमा न्युनतम ४० देखि ५० हजार सम्म पाउने यस्ता मिनि टेलर गाउँपालिकासँगको सहकार्यमा १४ हजार २ सयमा नै पाउदा आफुलाई खुसी लागेको सुनकोशी–१ का कृषक प्रेमप्रसाद न्यौपानेले बताए ।

यो वर्ष गाउँपालिकाले पहिलो प्राथामीकतामा समुहहरुको लागि मात्रै मिनि टेलर उपलब्ध गराउने भनेपनि समुह बाहिरबाट पनि मिनि टेलरको माग आएकाले आवेदन दिने सबैलाई मिनि टेलर उपलब्ध गराइएको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले बताए ।

आउने वर्ष गाउँपालिकाले आवश्यकताको आधारमा सबैलाई मिनि टेलर उपलब्ध गराउने र त्यसको संरक्षण गरेर कृषिमा सुधार ल्याउनका लागि गाउँपालिका अध्यक्ष तिमिल्सिनाले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्