२०८१ भाद्र २३
                           

जुगल गाउँपालिका गोल्चेकी युवती कुवेतमा बेपत्ता

२० जेठ, सिन्धुपाल्चोक । जुगल गाउँपालिका २ गोल्चे निम्लुङकी युवती बेपत्ता भएकी छिन् । उनि वैदेशिक रोजगारीका लागि १ वर्ष अगाडि कुबेत गएकी थिइन्।घरेलुु कामदारको रुपमा कुवेत पुगेको २ महिनासम्म पैसा समेत पठाइरहेकी थिइन् ।

२१ वर्षीया सार्कीनी स्याङ्बो अहिले सम्पर्क विहिन भएकी उनका बाबू पेमा स्याङ्बो लामाले बताए । आज सम्पर्क होला कि, भोलि त फोन आउलाकी भनेर कुर्दाकुर्दै १० महिना वितिसकेको पेमाले बताए । छोरी पराइ मुलुकबाट सम्पर्क विहिन भएपछि परिवारको मुटुमा चिसो पसेको छ ।

पासपोर्ट नम्बर( एब्ण्टज्ञढटडठ) रहेको सार्किनी स्याङ्बो १ बर्ष अगाडि स्थानिय एजेन्ट पान बहादुर लामा मार्फत कुवेत गएकी हुन् । सार्किनि परिवारसँग बेखबर भएपछि परिवार र आफन्त अत्तालिएका छन् । परिवारले सार्कीनिको खोजि गरिदिन देश तथा विदेशका सम्पुर्ण सरोकारवालालाई अनुनय विनय गरिरहेका छन् ।

स्थानीय एजेन्ट पान बहादुरसँग सामाजिक सञ्जालमा सम्पर्क गर्दा खोजि भईरहेको बताए पनि त्यसले कुनै उपलब्धि हुन सकेको छैन । जुगल २ का वडाध्यक्ष चन्द्रकाजी लामाले कुवेसस्थित नेपाली राजदूतावास खोजीको लागि सिफारिस अनुरोध समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्