२०८१ भाद्र २३
                           

चौतारामा पहिलोपटक पाकउत्सव

२० जेठ, सिन्धुपाल्चोक । सदरमुकाम चौतारामा पहिलोपटक पाकउत्सव (food festivals ) २०८१ को आयोजना गरिएको छ ।चौताराको ऐतिहासिक क्षेत्र पुरानो बजारको कृष्ण मन्दिर परिसरमा सो महोत्सव आयोजना गरिएको हो ।

म्हसिका पुच ः चौताराको आयोजनामा भएको महोत्सवको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले उद्घाटन गरेका हुन् ।
चौतारा साँगाचोकगढी नगरपालिका, वडा नं. ५ को कार्यालय सहित आधा दर्जनभन्दा बढि सामाजिक संघ संस्थाको सहकार्यमा महोत्सव आयोजना गरिएको सीता श्रेष्ठले बताईन् ।महोत्सवमा नेवारी संस्कृति झल्कने पोषाक तथा नेवारी खानाको स्टल राखिएको थियो । परम्परागत विभिन्न भाँडाकुँडा, रक्सि पार्ने प्रविधि तथा विभिन्न लोपोन्मुख संस्कृतिको सो अवसरा प्रदर्शनी गरिएको थियो ।

सो कार्यक्रममा सहभागीलाई टीकाबाट स्वागत सत्कारसँगै नेवारी परम्परा अनुसार सगुन वितरण गरिएको म्हसिका पुचका अध्यक्ष सीता श्रेष्ठ कसजूले बताइन् ।महोत्सव चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोमा आयोजना गरिएको हो ।

तस्विर

प्रतिक्रिया दिनुहोस्